
काठमाडौं, २२ माघ । नेपाल राष्ट्र बैंकले यस आर्थिक वर्षको मौद्रिक नीतिकाे अर्धवार्षिक समीक्षा गर्नका लागि आन्तरिक गृहकार्य गरिरहेकाे छ । यसका लागि बैंकले विभागीय छलफल शुरू गरेकाे छ ।
बैंककाे आर्थिक अनुसन्धान विभागका अनुसार अहिले तथ्यांकहरु आउनेक्रम जारी रहेकाेले ती तथ्यांकहरुको अध्ययन भइरहेकाे छ।
पुरा रूपमा तथ्यांकहरू पाइसकेपछि उनीहरूकाे अध्ययन गरेर बैंकले समिक्षा गरिने भएकाे । यहि माघको अन्तिमसम्म अर्धवार्षिक समीक्षा सार्वजनिक गर्ने तयारी भइरहेकाे छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले मौद्रिक नीतिको समीक्षा लचिलो हुनुपर्ने र यसले बजारलाई सहज बनाउने बताईरहेकाले राष्ट्र बैंकले कस्ताे समिक्षा ल्याउने हाे पर्खनै पर्ने भएकाे छ ।
यस अविधमा बैंक सेयर बजारप्रति केहि नरम बनेकाे देखिन्छ । तर पनि यसमा भएका केहि नीतिहरूकाे कारण सेयर बजारमा परेकाे असर नघटेकाे लगानीर्ताले बताइरहेका छन् ।
लगानीकर्ताहरू सेयर धितो कर्जाको जाेखिमभार शतप्रतिशत नै हुनुपर्ने अडानमा रहेका छन् । बैंकले पहिलो त्रैमासिक समीक्षाबाट रू ५० लाखभन्दा बढीको कर्जाको जोखिमभार १२५ प्रतिशत कायम गरेको थियाे ।
उनीहरूले सेयर धिताे कर्जामा लगाइएकाे क्याप हटाउन माग गरिरहेका छन् । साे सीमा व्यक्तिलाई रू १५ करोड र संस्थागत रूपमा रू २० करोड रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




