चिलिमे हाइड्रोपावरकाे नाफा घट्नुमा यस्ताे छ कारण

-



     सफल आवाज    
     माघ २२ गते २०८० मा प्रकाशित



काठमाडाैं, २२ माघ । चिलिमे हाइड्रोपावरकाे नाफा घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफामा २.०६ प्रतिशतले घटेकाे छ ।

विद्युत बिक्री आम्दानी र खुद नाफा गएकाे आर्थिक वर्षको सोही अवधिकोभन्दा कम हाे । कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्म विद्युत बिक्रीबाट रूपैयाँ ६१ करोड २० लाख कमाएकाे छ । याे नाफा गएकाे आर्थिक वर्षको सोही समयकाेभन्दा २.०६ प्रतिशतले कमि हो। गएकाे वर्ष कम्पनीले रू ६२ करोड ४८ लाख कमाएकाे थियो।

यस कम्पनीको खुद नाफा ५.५१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा ४० करोड १२ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ३७ करोड ९१ लाख रुपैयाँ मात्र नाफा कमाएको छ।

विद्युत बिक्री आम्दानी घटेको छ । बैंक मौज्दात र ब्याजदर घटेकाेले वित्तीय आम्दानी घटेपछि बैंककाे खुद नाफामा गिरावट भएकाे हाे । कम्पनीको वित्तीय आम्दानी १०.१५ प्रतिशतले घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ५६ पैसा घटेर ९ रुपैयाँ ५० पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ ८० पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे ५५.२० गुणा छ।

कम्पनीको चुक्ता पूँजी रूपैयाँ ७ अर्ब ९८ करोड रहेको छ । जगेडामा २ अर्ब ५३ करोड रुपैयाँ रहेको छ।