सूर्यज्योति लाइफ इन्स्योरेन्सको खुद नाफा बढ्यो

-



     सफल आवाज    
     माघ २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ माघ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कंपनी लिमिटेडको नाफामा बृद्धि भएकाे छ । कम्पनीले प्रकाशित गरेको दोस्रो अपरिस्कृत वित्तीय विवरणअनुसार चालु आवको पुस मसान्तसम्म खुद नाफा २३ करोड ६६ लाख ३० हजार रुपैयाँ रहेकाे छ । गत वर्षको यस अवधिमा कंपनीले १४ करोड ५२ लाख ३२ हजार मात्र नाफा कमाएकाे थियो ।

गतवर्षको पुसमा दुई बीमा कम्पनी सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्स एकआपसमा मर्ज भई सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको थियाे ।

मर्जपछि बनेको याे इन्स्योरेन्स कंपनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।बित्तीय बिबरण अनुसार बीमितलाई दिइएको ऋणको ब्याज र लगानीवापतको आम्दानी बढ्दा खुद नाफा बढेको देखिएकाे छ ।

त्यसैगरि कम्पनीको प्रतिसेयर आम्दानी १० रुपैयाँ ४१ पैसा रहेकाे छ। प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ १५ पैसा रहेकाे दोस्रो अपरिस्कृत वित्तीय विवरणमा उल्लेख छ ।