
काठमाडौं, २२ माघ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
नेप्सेमा आएको सकारात्मक माहोलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.५७ अंकले बढेर २०७६.२७ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.७० प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.९५ अंकले बढेर ३७९.२८ विन्दुमा पुगेको छ ।
१३ उपसमूहहरुमध्ये ४ वटामा रातो लागेको छ । बाँकी रहेको ९ वटामा हरियो लागेको छ । यसदिन कुल ३१० कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको ७४ लाख ९१ हजार ३०३ कित्ता सेयरको खरिदबिक्रीबाट २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २५४ रुपैयाँ ५६ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १८ करोड ५९ लाख ५ हजार १४ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै नेपाल दूरसंचार कम्पनी लिटेलिकमको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ६.७८ प्रतिशतले घटेको छ ।










पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




