विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ आजकाे भाउ

-



     सफल आवाज    
     माघ २३ गते २०८० मा प्रकाशित



काठमाडौं, २३ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ६० पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ २० पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २७ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ ६८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५२ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ५३ रुपैयाँ २९ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ २६ पैसा र बिक्रीदर ८६ रुपैयाँ ६५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ३४ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९९ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः