
काठमाडाैं, २३ माघ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकाे नाफामा बृद्धि भएकाे छ । कम्पनीले सार्वजनिक गरेकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १६.९१ प्रतिशतले बढेकाे छ ।
कम्पनीले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रू २५ करोड ५१ लाख खुद नाफा कमाएकाे छ। जाे गत आर्थिक वर्षको सोही अवधिकोभन्दा १६.९१ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिमा नाफा रू २१ करोड ८२ लाख थियाे ।
इन्स्योरेन्सको बीमाशुल्क ९.९९ प्रतिशतले बढेको छ । खुद दाबी भुक्तानी १२.३३ प्रतिशतले बढेको छ भने कुल आम्दानी १२.२२ प्रतिशतले बढेको छ । यसकाे कुल खर्च ११.७९ प्रतिशतले बढेको छ।
कम्पनीकाे प्रतिशेयर आम्दानी केहि बढेको छ। याे आम्दानी २८ पैसा बढेर १० रुपैयाँ १८ पैसा कायम भएकाे छ। मूल्य आम्दानी अनुपात ५९.२२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३२ रुपैयाँ २१ पैसा रहेको छ।
कम्पनीकाे चुक्ता पूँजी ५ अर्ब १ करोड १६ लाख रहेकाे छ । यसकाे शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँ रहेकाे छ ।विपत् कोषमा रू ४९ करोड ६३ लाख रहेकाे छ। रिटेन्ड अर्निङ्ग रू ६० करोड १८ लाख रहेकाे छ । इक्विटी रू ४८ करोड ८३ लाख रुपैयाँ रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




