आज सुनको भाउमा रु ६ सयले बृद्धि, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ माघ । साताको सुनचाँदीको कारोबार हुने थौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।