
काठमाडौं, २४ माघ । नेपाल राष्ट्र बैंककाे तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनासम्ममा ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर थपिएको छ । राष्ट्र बैंकले हालै सार्वजनिक गरेको वित्तीय बिबरण अनुसार ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको शेयर धितोपत्रमा थप सूचीकृत भएकाे हाे ।
याे ६ महिनाकाे अवधिमा ६४ अर्ब ९५ करोड बराबरको साधारण शेयर, ९ अर्ब ५३ करोड बराबरको बोनस शेयर, ६ अर्ब १० करोड बराबरको हकप्रद शेयर र ३ करोड बराबरको एफपीओ थप धितोपत्र सूचीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
दोस्रो त्रैमासमा नेपाल धितोपत्र बोर्डले २४ अर्ब ७८ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । जसमा ९ अर्ब ८० करोड बराबरको साधारण शेयर, ६ अर्ब २ करोड बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ३ अर्ब ५० करोड बराबरको म्युचुअल फण्ड रहेको राष्ट्र बैंककाे रिपाेर्टमा उल्लेख गरिएको छ ।

२०७९ पुस मसान्तमा २१४९.३९ रहेको नेप्से सूचकाङ्क २०८० पुस मसान्तमा २१२०.६२ कायम भएको छ । २०८० पुस मसान्तमा धितोपत्र बजार पँुजीकरण ३३३० अर्ब ७५ करोड कायम भएको छ । २०७९ पुस मसान्तमा बजार पुँजीकरण १०३ अर्ब १६ करोड रहेको थियो ।
त्यसैगरी २०८० पुस मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ७१ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १ सय ३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन । ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २ सय ४९ रहेको थियो ।
सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, लविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




