महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त

-



     सफल आवाज    
     माघ २४ गते २०८० मा प्रकाशित



काठमाडौं, २४ माघ । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृतमा दिपेश लम्साल नियुक्त भएका छन् । हिजाे बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ बर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लम्सालले बैंकप्रतिको विश्वासलाइ कायम राख्दै गुणस्तरीय बित्तीय सेवा प्रदान गर्न तत्पर रहने प्रतिबद्धता ब्यक्त गरेका छन ।

विभिन्न वाणिज्य बैंक तथा विकास बैंकमा गरि करिब २८ वर्षको बैङ्किङ कार्य अनुभव भएका लम्साल विगत १५ वर्षदेखि महालक्ष्मी विकास बैंकमै कार्यरत छन । लम्साल यसअघि साेही बिकास बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत थिए ।