आज अमेरिकी डलरको भाउ घट्यो, यूरो बढ्यो, अन्यकाे कति ?

-



     सफल आवाज    
     माघ २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ घटेको छ । यूरोसहित अन्य केहि देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ४६ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ ०६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ २९ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६७ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ६८ रुपैयाँ ७ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५१ रुपैयाँ ७८ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ४७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ २९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ९९ रुपैयाँ १० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः