बिहिबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     माघ २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ माघ । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

यसदिन सुनमा रुपैयाँ २ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २ सयले घटेर तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।