इस्टर्न हाइड्रोपावरकाे नाफामा ७२.५३ प्रतिशतले बृद्धि

-



     सफल आवाज    
     माघ २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ माघ । इस्टर्न हाइड्रोपावरकाे ७२.५३ प्रतिशतले बढेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे यस आर्थिक वर्षको दोस्रो त्रैमासम्मकाे वित्तीय विवरण अनुसार रूपैयाँ १ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेकाे छ ।

कम्पनीकाे याे नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ७२.५३ प्रतिशतले बढी हो । गएकाे वर्षमा कम्पनीकाे नाफा रूपैयाँ ७९ लाख ८१ हजार थियाे । 

विद्युत बिक्रीकाे आम्दानी रूपैयाँ ७ करोड ९४ लाखबाट घटेर ७ करोड ५९ हजार रहेकाे छ । वित्तीय खर्च घटेकाे छ । यसरी साे खर्च रूपैयाँ ३ करोड १ लाखबाट घटेर २ करोड ७२ लाखमा सिमित भएकाे छ । 

कुल खर्च घटेर २ करोड ६७ लाख रुपैयाँ कायम छ । यास अघि कुल खर्च ३ करोड ३२ लाख थियाे । कम्पनीकाे वित्तीय खर्च घट्दा नाफामा बृद्धि भएाके हो । 

कम्पनीकाे चुक्ता पुँजी रूपैयाँ ६२ करोड रहेको छ । जगेडा कोषमा रूपैयाँ १४ करोड ९० लाख ऋणात्मक रहेकाे छ भने प्रतिसेयर आम्दानी २ रुपैयाँ २२ पैसा रहेकाे छ । प्रतिसेयर नेटवर्थ ७५ रुपैयाँ ९६ पैसा रहेकाे छ ।