
काठमाडौं, २६ माघ । नागरिक लगानी कोषकाे नाफामा बृद्धि भएकाे छ । काेषकाे प्रकाशित चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार खुद नाफा गएकाे वर्षकोभन्दा ६.३८ प्रतिशतले बढेको छ।
यस आर्थिक वर्षको पहिलो ६ महिनामा कोषका नाफा रुपैयाँ ५४ करोड ६० लाख रहेकाे छ। जाे गएकाे वर्षको सोही समयकाेभन्दा ६.३८ प्रतिशतले बढेकाे हो। गएकाे वर्ष सोही समयमा कोषको नाफा रुपैयाँ ५१ करोड ३२ लाख रहेकाे थियो।
कोषको ब्याज आम्दानी ८.०७ प्रतिशतले तथा सेवा शुल्क र कमिशन आम्दानी १२.०९ प्रतिशतले बढेको छ। कुल आम्दानी १०.८१ प्रतिशतले बढेको छ । यसकाे कुल खर्च ३१.०२ प्रतिशतले बढेको छ।
प्रतिशेयर आम्दानी ३ रुपैयाँ ६० पैसा घटेर २० रुपैयाँ ५५ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ८ पैसा रहेको छ यसकाे मूल्य आम्दानी रेसियाे १०७.७८ गुणा छ।
नागरिक लगानी कोषकाे चुक्ता पूँजी रुपैयाँ ५ अर्ब रहेको छ । यस कोषको जगेडा कोषमा रुपैयाँ २४ अर्ब ४१ लाख रहेकाे छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




