यस कारण नाडेपकाे नाफा ३७.८२ प्रतिशतले कम

-



     सफल आवाज    
     माघ २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ माघ । नाडेप लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म वित्तीय विवरण अनुसार रुपैयाँ १ करोड १२ लाख खुद नाफा गरेकाे छ ।

संस्थाले कमाएकाे नाफा गएकाे वर्षको साेहि अवधिकोभन्दा ३७.८२ प्रतिशतले कम हो । गएकाे वर्ष साेहि अवधिमा संस्थाकाे नाफा रुपैयाँ १ करोड ८० लाख रहेकाे थियो ।

संस्थाकाे खुद ब्याज आम्दानी रुपैयाँ १६ करोड २८ लाखबाट घटेर १२ करोड ३४ लाख रुपैयाँ रहेकाे छ । यसैकाे कारण संस्थाकाे नाफा प्रभावित भएकाे हाे । यस्तै रुपैयाँ ६१ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज रिभर्स छ । सञ्चालन नाफामा ३८.८९ प्रतिशतले घटेर १ करोड ४८ लाख कायम भएकाे छ ।

संस्थाकाे चुक्ता पुँजी रुपैयाँ ४८ करोड ५७ लाख ६० रहेकाे छ । यसकाे जगेडामा रुपैयाँ २९ करोड ६६ लाख रहेकाे छ प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा छ भने नेटवर्थ १७४ रुपैयाँ १८ पैसा रहेकाे छ । वितरणयोग्य मुनाफा रुपैयाँ ९२ हजार रहेको छ ।