साना किसान विकास लघुवित्तकाे नाफामा सामान्य सुधार

-



     सफल आवाज    
     माघ २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ माघ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको नाफामा सामान्य सुधार भएको छ । संस्थाको यस आर्थिक वर्षको दोस्रो त्रैमासम्म आउदा खुद नाफा १.७३ प्रतिशतले बढेकाे छ ।

संस्थाको नाफा बढेर रुपैयाँ ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ पुगेको हाे । गएका वर्ष सोही समयमा संस्थाले रुपैयाँ ४३ करोड ४९ लाख ६४ हजार खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी १६.५१ प्रतिशतले बढेकाे छ । साथै सञ्चालन नाफा १३.५८ प्रतिशतले बढेकाे छ । संस्थाको चुक्ता पुँजी रुपैयाँ ३ अर्ब ८० करोड ६३ लाख ७३ हजार रहेकाे जगेडामा रुपैयाँ ३ अर्ब ७६ करोड २४ लाख रहेको छ ।

संस्थाको वितरणयोग्य नाफा रुपैयाँ १ अर्ब ४५ करोड रहेको छ । यसकाे खराब कर्जा १.३७ प्रतिशतबाट बढेर २ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी घटेर रुपैयाँ २५ रुपैयाँ २५ पैसा कायम भएको छ भने नेवटर्थ २३७ रुपैयाँ ५२ पैसा रहेकाे छ ।