अन्तिम दिन सुनचाँदीको भाउ बढ्यो, तोलाको कति पुग्यो ?

-



     सफल आवाज    
     माघ २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ माघ । साताको सुनचाँदीको कारोबार हुने छैटौं शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ २० ले भाउ बढेको हो ।

नेपााल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १ सयले बढेर तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ २० ले बढेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।