
काठमाडौं, २६ माघ । सहकारी ऐन र नियममा सहकारीक्षेत्रको प्रबर्धन विकास तथा बिस्तारमा बाधक र संकुचन दफाहरु शंसोधन नहुँदा सहकारी क्षेत्रमा समस्या परेको सहकारीकर्मीले औल्याएका छन् ।
उनीहरुले सहकारी संस्थामा बित्तीय कारोबारलाई व्यवस्थित गर्न स्पष्ट कानुनी अभाव र बैक बित्तिय संस्था र सहकारी संस्थाबिच अस्वस्थ प्रतिस्पर्धाको कारण समस्या बढेको बताइएको छ ।
देशभरका बहुउद्देश्यीय सहकारी संस्थाहरुको साझा संगठन नेपाल बहुउद्देश्यी केन्द्रीय सहकारी संघ लिमिटेडको शुक्रबार आज सम्पन्न नवौ, दशौ र एघारौ साधारणसभामा उपस्थित सहकारीकर्मीले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीमा देखिएको समस्या समाधान गर्न पहल गर्नुपर्ने बताएका छन् ।
साधारणसभाको उद्घाटन गर्दै संघका अध्यक्ष सुरेन्द्र भण्डारीले समस्या आउनुको मुख्य जड सरकारको बेवास्ताको कारण भएको बताए । उनले कोभिड–१९ तथा आर्थिक मन्दीको कारण देशको अर्थतन्त्रमा आएको समस्याको कारण बैक, बित्तीय संस्था र सहकारी संस्थाहरुमा गम्भीर असर परेको बताए।
उनले सहकारीहरुमा परेको समस्या समाधान गर्न सरकारको मुख्य भूमिका रहेको उल्लेख गर्दै समस्या समाधान गर्न तत्काल कदम चाल्नुपर्ने बताए । ‘हामी आत्तिएका छैनौ, सरकारले सहकारीमा देखिएको समस्या पहिचान गरी समाधान गर्ने विषयमा अघि बढ्न आवश्यक छ–त्यसको लागि हामी जुनसकुैबेला तयार रहेका छौ’–अध्यक्ष भण्डारीले भने ।
देशभरका संघसंग आबद्ध ४ सय ५ बहुउद्देश्यीय सहकारीका प्रतिनिधिको उपस्थितिमा भएको साधारणसभामा अध्यक्ष भण्डारीले सहकारीमा संकट आएपनि हामी माथि उठ्न थालेका छौ, सदस्यहरुको साथ लिएर अघि बढ्दा अवस्यपनि उन्नति हासिल गर्न सक्ने बताए।
कार्यक्रममा संघका सदस्य मनोज थापामगर र सदस्य पार्वती थापाले संघका कार्यक्रमलाई थप ब्यापक र प्रभवकारी बनाएर समस्या समाधान गर्न अघि बढ्नुपर्ने बताए ।
कार्यक्रममा अधिकांस सदस्यले सहकारीमा देखिएको समस्या समाधान गर्न सरकार र संघ अघि बढ्नुपर्ने बताएका थिए । मुलुकको विषम परिस्थिति र सरकारको अदुरर्शिताले गर्दा सहकारीहरुमा समस्या आएको निचोड सहकारीकर्मीको छ ।
साधारण सभामा संघको तीन वर्षको वार्षिक प्रगति प्रतिवेदन पारित गरिएकाे थियो । सहकारीसँग सम्बन्धित समसामयिक कानुनहरु सहकारीमैत्री नहुनाले सहकारी क्षेत्रको प्रबद्र्धन साथसाथै सहकारी संस्थाहरुको लगानीमा सञ्चालित व्यवसाय बिस्तार तथा प्रवद्र्धनमा प्रभाव पारेको बताइयाे ।
देशभर संचालित प्रारम्भिक सहकारी संस्थाको वास्तविक तथ्याङक नियामक निकायमा अभिलेख नभएकाे, स्थानीय तहको सहकारी ऐन र नीतिनियम सहकारीमैत्री नभएको, संघिय ऐनसँग बाझिएको कारण सहकारी क्षेत्रको बिकास, बिस्तार तथा प्रवर्धनमा दुविधा उत्पन्न भएकाे लगायतका चुनौति औल्याइएको छ ।









काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




