हिमालयन रि इन्स्योरेन्सले ४.२१ प्रतिशत लाभांश दिने

-



     सफल आवाज    
     माघ २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ माघ । हिमालयन रि इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट ४.२१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेकाे छ । माघ २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुंजीको ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत नगद लाभांश कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी १० अर्ब रहेको छ ।

कम्पनीले ४ प्रतिशत अर्थात ४० करोड बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२१ प्रतिशत अर्थात २ करोड १० लाख ५२ हजार ६ सय ३१ रुपैयाँ ५८ पैसा बराबर हुन आउने बताइएकाे छ ।