आईतबार सुनको भाउ घट्यो, चाँदीको स्थिर

-



     सफल आवाज    
     माघ २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ माघ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने आज स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनमा रुपैयाँ ५ सयले गिरावट भएको छ । चाँदीको भाउ स्थिर रहि काराेबार भईरहेकाे छ ।

छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुत्रबार छापावाल सुन तोलाको १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार घईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदको भाउ स्थिर रहेर तोलाको १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९० रुपैयाँमा नै कारोबार भएको थियाे ।