सोनापुर मिनरल्सकाे १६ औं वार्षिक साधारण सभा सम्पन्न

-



     सफल आवाज    
     माघ २९ गते २०८० मा प्रकाशित



काठमाडाैं, २९ माघ । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडको १६ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा घोराही
उपमहानगरपालिका १५ दाङ्गमा सम्पन्न भएको हो ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताप पनि स्वीकृत गरेको छ।

सभाबाट सर्वसाधारण शेयरधनी समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरु अंकित खड्का र रचना कुमारी ओझा निर्विरोध निर्वाचित भएका छन ।