बजेट खर्च नभएपछि सरकारले आकार घटायाे (पूर्णपाठ)

-



     सफल आवाज    
     माघ २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ माघ । नेपाल सरकारले चालु वर्षको बजेटको आकार १२.६२ प्रतिशतले घटाएको छ । सररकारले लक्ष्य अनुसार बजेट खर्च गर्न नसकेपछि संशोधन गरेको हाे ।

अर्थमन्त्री डा.प्रकाशशरण महतले आज अर्थ मन्त्रालयमा बजेटकाे अर्ध वार्षिक समीक्षा गर्दै बजेटको आकार संशोधन गरिएको जानकारी दिए ।

डा.महतले चालु वर्षमा सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख खर्च हुने लक्ष्य लिएकाे थियो। वर्तमान स्थितिलाई अध्ययन गर्दा लक्ष्य अनुसार बजेटकाे खर्च नहुने देखिएकाेले २ खर्ब २१ अर्ब रुपैयाँ घटाएक डा महतले बताए ।

यसअनुसार चालु वर्षमा रू १५ खर्ब ३० अर्ब २६ करोड खर्च हुने संशोधित बजेटमा उल्लेख छ । डा महतले चालु तर्फ ८८.८४ प्रतिशत, पूँजीगत तर्फ ८४.१३ प्रतिशत र वित्तीय व्यवस्थापन तर्फ ८७.३९ प्रतिशत हुने अनुमान गरिएकाे छ।  

संशोधन गरिएको बजेट