आइपीओ जारी गर्न रिलायन्स स्पिनिङ मिल्सले माग्याे अनुमति

-



     सफल आवाज    
     फागुन १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ फागुन । रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ प्रक्रियाले सेयर आइपीओ जारी गर्नका लागि सेबाेनसंग अनुमति मागेको छ ।

कम्पनीका अनुसार प्रतिकित्ता ८२०.८० रुपैयाँको दरमा ११ लाख ५५ हजार ९६० कित्ता सेयर बिक्रीमा ल्याउन सेबाेनसंग अनुमति मागिएकाे हाे । कम्पनीले रूपैयाँ ९४ करोड ८८ लाख ११ हजार ९६८ बराबरकाे सेयर बिक्रीमा ल्याउने भएकाे हाे ।

यसअघि योग्य मानिएका संस्थागत लगानीकर्ताहरुमा बोलपत्र मागिएकाे थियो । उनीहरूले बेलकबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता रूपैयाँ ९१२ कायम गरिएकाे थियो । 

कम्पनीले रूपैयाँ ९१२ मा १० प्रतिशत घटाएर सर्वसाधारणका लागि सेयर जारी गर्नुपर्ने व्यवस्था भएकाेले प्रतिकित्ता रूपैयाँ ८२०.८० पैसामा सेयर जारी गर्नका लागि अनुमति मागेको हो ।

बुक विल्डिङमार्फत जारी गरिने यस सेयरमा घटीमा ५० कित्ताका लागि आवेदन दिन पाइनेछ भने यसका लागि घटीमा रूपैयाँ ४१ हजार ४० चाहिनेछ । सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेकाे छ।