एलआइसी नेपालको खुद मुनाफा ५९.७९ प्रतिशतले बढ्यो

-



     सफल आवाज    
     फागुन १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ फागुन। लाइफ इन्स्युरेन्स कर्पोरेसन (एलआइसी) नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीको वित्तीय विवरण अनुसार खुद मुनाफा ५९.७९ प्रतिशतले बढेको छ। त्यस्तै खर्च १०.२६ प्रतिशतले घटेको छ ।

गत पुस मसान्तसम्ममा कम्पनीले १३ करोड ६६ लाख २५ हजार रुपैयाँ कमाएको छ । गत आवको सोही अवधिमा ८ करोड ५५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

चालु आवको ६ महिनामा कम्पनीको जम्मा खर्च १ अर्ब ४ करोड ७१ लाख ७८ हजार गरेको छ भने गत आवको सोही अवधिमा १ अर्ब १६ करोड ६८ लाख ५६ हजार खर्च गरेको थियो । समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी भने ६.०६ प्रतिशतले बढेर ८ अर्ब ६२ करोड २४ लाख रुपैयाँ कायम भएको छ ।

६ महिनामा लगानी तथा कर्जा आम्दानी ११.९७ प्रतिशतले बढेर १ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८६ पैसाले बढेर १० रुपैयाँ ३१ पैसा कायम भएको छ ।

कम्पनीको रिटेन्ड अर्निङ शीर्षक २२८.३७ ले बढेर बढेर २ अर्ब ७ करोड ५२ लाख १६ रुपैयाँ पुगेको छ । कम्पनीको चुक्ता पुँजी २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ रहेको छ ।