नेपाल टेलिकमकाे खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घट्याे

-



     सफल आवाज    
     फागुन १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ फागुन । नेपाल टेलिकमकाे यसपटक खुद नाफा र प्रतिशेयर आम्दानी दुबै घटेकाे छ ।

कमपनीकाे सार्वजनिक भएकाे चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा र प्रतिशेयर आम्दानी गएकाे वर्षकाेभन्दा घटेकाे हाे ।

पुस मसान्तसम्म कम्पनीले रुपैयाँ ३ अर्ब ९३ करोड १४ लाख नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा ७.६० प्रतिशतले थाेरै हो। गएकाे वर्ष सोही अवधिमा कम्पनीले नाफा रुपैयाँ ४ अर्ब २५ करोड ४७ लाख थियो।

कम्पनीको सञ्चालन आम्दानी ४.५९ प्रतिशतले घटेकाे छ । यसकाे वित्तीय आम्दानी ८.६१ प्रतिशत घटेको छ भने कुल आम्दानी ३.५८ प्रतिशतले घटेको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ५९ पैसा घटेर ४३ रुपैयाँ ६८ पैसा कायम भएकाे छ। प्रतिशेयर नेटवर्थ ५०३ रुपैयाँ ७६ पैसा रहेको छ । जसकाे मूल्य आम्दानी रेसियाे २०.६२ गुणा छ।

कम्पनीको चुक्ता पूँजी रुपैयाँ १८ अर्ब रहेकाे छ । जगेडा काेषमा रुपैयाँ ७२ अर्ब ६७ करोड ६४ लाख रहेकाे छ।