सुनको भाउमा ३ सयले गिरावट, चाँदीको स्थिर

-



     सफल आवाज    
     फागुन १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ फागुन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले गिरावट भएको छ । चाँदी स्थिर भाउमा कारोबार हुँदैछ।

छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर यसदिन तोलाको १ लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार छापावाल सुन तोलाको १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख १७ हजार १ सय १५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेर तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ९५ रुपैयाँमा नै कारोबार भएको थियो ।