सेयर बजार राताम्मै, ४ अर्ब ६४ करोडको कारोबार

- कारोबारमा हिमालयन रिइन्स्योरेन्स अब्बल

-



     सफल आवाज    
     फागुन १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ फागुन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार आज नेपाली सेयर बजार राताम्यै भएको छ। कुल कारोबार रकम ठिकठिकै भएपनि सूचकांकहरुको घट्दो दृश्यले लगानीकर्ताको मनोबल घटाएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३०.५६ अंकले घटेर २०७०.५९ विन्दुमा झरेको छ ।

नेप्सेमा १.४५ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.९९ अंकले घटेर ३६९.९९ विन्दुमा रहेको छ । १३ उपसमूहहरु सबै राताम्मै भएका छन् ।

यसदिन ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ। उनीहरुको १ करोड २१ लाख ३ हजार ९८७ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब ६४ करोड २ लाख ९३ हजार ६२८ रुपैयाँ ६४ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३२ करोड ३ लाख ९४ हजार २२३ रुपैयाँ ४० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी बोटलर्स नेपाल (बालाजु) लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको नेप्सेले जनाएकाे छ ।

सबैभन्दा बढी गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ९.७० प्रतिशतले घटेको छ ।