सिंगटी हाइड्रोकाे हकप्रद शेयरमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     फागुन २ गते २०८० मा प्रकाशित



काठमाडाैं, २ फागुन । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आजदेखि हकप्रद शेयर निष्काशन गरेकाे छ । कम्पनीले हाल कायम रहेकाे चुक्ता पूँजीको शत प्रतिशत हकप्रद शेयर निष्काशन गरेकाे हो।

कम्पनीले १ कित्ता बराबर नयाँ १ कित्ता शेयर निष्काशन गरेकाे हो। कम्पनीले रूपैयाँ १ अर्ब ४५ करोड बराबरको प्रतिशेयर रूपैयाँ १०० अंकित दरमा रूपैयाँ १ करोड ४५ लाख कित्ता हकप्रद शेयर निष्काशन गरेकाे हाे ।

हकप्रद शेयर निष्काशनकाे प्रयोजनका लागि कम्पनीले पुस २२ गते बुकक्लोज गरेको थियो। लगानीकर्ताले पुस १९ गतेसम्म नेप्सेमा कारोबार गरी कायम भएकाे हुनुपर्नेछ । यसरी कायम भएका शेयरधनीहरुले शेयरका लागि आवेदन दिन पाउनेछन्। यसका लागि फागुन २२ गतेसम्म आवेदन दिन पाइनेछ।

लगानीकर्ताले बिक्री प्रबन्धक रहेकाे कुमारी क्यापिटल, कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र नेपाल बैंकका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन्।

यस्तै सेबाेनबाट अनुमति लिएका सिआस्वा सेवामा रहेका बैंक तथा वित्तीय संस्थाहरुबाट तथा मेरो शेयर अनलाइनबाट आवेदन दिन पाइनेछ ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।