नेप्सेमा सामान्य अंकको बृद्धि, ४ अर्ब बढीको कारोबार

-



     सफल आवाज    
     फागुन २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ फागुन । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जले नेप्सेमा ५.९१ अंकको बृद्धि भई २०७६.५० विन्दुमा उक्लिएको जनाएको छ । नेप्सेमा ०.२८ प्रतिशतले बृद्धि भएको छ ।

सेन्सेटिभ इण्डेक्स भने २.२७ अंकले बढेर ३७२.२७ विन्दुमा रहेको छ । १३ उपसमूहहरुमध्ये ६ वटामा रातो लागेको छ । बाँकी रहेका ७ वटामा हरियो लागेको छ ।

यसदिन कुल ३०२ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड २३ लाख ६३ हजार २७ कित्ता सेयरको खरिदबिक्रीबाट ४ अर्ब २५ करोड २७ लाख २२ हजार ८९५ रुपैयाँ २६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबाुर भएको छ । कम्पनीको १७ करोड १७ लाख ६४ हजार ८८० रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य बढेको छ । सो फाइनान्सको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडले गुमाएको छ । कम्पनीको सेयरमूल्य ५.८१ प्रतिशतले घटेको छ ।