फागुन १३ गतेदेखि आईपीओ जारी गर्दै सर्वोत्तम सिमेन्ट

-



     सफल आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ माघ । सर्वोत्तम सिमेन्टले सर्वसाधारणका लागि सेयर आईपीओ खुलाउने भएकाे छ । कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणका लागि २७ लाख ७६ हजार ७६ कित्ता निष्काशन गर्ने भएकाे हाे ।

कम्पनीका अनुसार उद्योग तथा खानी उत्खनन्बाट प्रभावित भएका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको सेयर बाँडफाँ८ गरेपछि अहिले सर्वसाधारणका सेयर निष्काशन गर्न लागिएकाे हो।

स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेर बाँकी रहेकाे ६ लाख ८१ हजार ५३० कित्तामा थप गरी २७ लाख ७६ हजार ७६ कित्ता जारी हुने भएकाे छ ।

सेयर लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाकाे दरमा आवेदन दिन सक्नेछन्। यसका लागि घटीमा ५० कित्ता र बढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

लगानीकर्ताले फागुन १६ गतेसम्म आवेदन दिन पाउने छन् । ताेकिएकाे मितिमा पूरा आवेदन नपरेमा फागुन २७ गतेसम्म आवेदन दिन पाइनेछ ।

लगानीकर्ताले सेबाेनबाट स्वीकृती लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाहरूबाट आवेदन दिन पाउने छन् । साथै मेरो शेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । यसकाे सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन्।