सुनको भाउ स्थिर, चाँदीको बढ्यो

-



     सफल आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ फागुन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा नै कारोबार भएको थियो ।

तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि तेजाबी सुन तोलाको १ लाख १५ हजार ९५० रुपैयाँमा नै कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीेको भाउमा रुपैयाँ १० ले बढेर तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदी तोलाको १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

यतिबेला अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९९१।५६ डलरमा र चाँदी प्रतिऔंस २२।३९ डलरमा कारोबार भइरहेको छ ।