डिप्रोक्स लघुवित्तद्वारा ११‍.०४ प्रतिशत लाभांश वितरणकाे घाेषणा

-



     सफल आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे छ ।

संस्थाकाे आज बसेकाे सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुका लागि १०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेकाे हाे ।

बैठकले सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने भएकाे छ। साथै त्यसमा लाग्ने करकाे प्रयाेजनका लागि ०.५२ प्रतिशत नगद लाभांश दिने निर्णय पनि गरेकाे छ । 

लघुवित्तले घाेषणा गरेकाे लाभांश नेपाल राष्ट्र बैंककाे अनुमति र संस्थाकाे आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिने भएकाे छ ।

यसअघि डिप्रोक्स लघुवित्त वित्तले आर्थिक वर्ष २०८०-७९ को मुनाफाबाट सेयरधनीहरुका लागि २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।