नेप्सेमा १४.४६ अंकको गिरावट, ४ अर्ब ८६ करोडको कारोबार

-



     सफल आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित



काठमाडौं, ३ फागुन । साताको सेयर कारोबार हुने पाँचौ तथा अन्तिम दिन बिहिबार नेपाली सेयर बजार राताम्मै भएको छ । एउटा बाहेक सूचकांकहरुमा गिरावट भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४६ अंकले घटेर २०६२.०३ विन्दुमा झरेको छ । नेप्सेमा ०.६९ प्रतिशतले गिराट हुँदा सेन्सेटिभ इण्डेक्स ३.७१ अंकले घटेर ३६८.५६ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये एउटामा मात्रै हरियो लागेको छ । अर्थात उत्पादन समूहमा मात्रै हरियो लागेको हो । बाँकी १२ उपसमूहहरु राताम्मै भएका छन् ।

कुल ३०५ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको १ करोड १४ लाख ७ हजार २६४ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ८६ करोड ९१ लाख १८ हजार ७४१ रुपैयाँ ९८ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको २ करोड ८५ लाख ७६ हजार २६७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ ।