
काठमाण्डौ, ३ फागुन । गुहेश्वरी मर्चेन्ट बैंकिङ लिमिटेडले कामनपा २२ पशुपति प्लाजा स्थित न्यूरोडमा रहेको शाखा आज फागुन ३ गते स्थानान्तरण गरि कामनपा २३ धर्मपथ, काठमाण्डौबाट आफ्नो वित्तीय कारोवार संचालन गरेको छ ।
स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयको समुद्घाटन संस्थाका अध्यक्ष युवराज भण्डारीले गरेका थिए । समारोहमा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी, एशियन लाइफ ईन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठ, सहायक महाप्रबन्धक अर्चना प्रधान, मुख्य प्रबन्धक शिल्पा प्रधानाङ्ग, वरिष्ठ प्रबन्धक शिवराज भण्डारी तथा शाखा प्रमुख अनिता न्यौपाने, अन्य कर्मचारी र ग्राहकहरुको उपस्थिति रहेको थियो ।
पुल्चोक ललितपुरमा केन्द्रीय कायालय रहेको यस वित्तीय संस्थाले हाल मुलुकभर २३ वटा शाखा र ४ वटा विस्तारित काउन्टरहरुबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ ।
संस्थाले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ए.टि.एम. सेवा, मोवाइल बैकिङ सेवा जस्ता आधुनिक बैंकिङ सेवाहरु प्रदन गर्दै आएको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले सफल आवाजलाई बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




