अदालतद्वारा भाटभटेनीका सञ्चालक गुरुङलाई २ वर्ष कैद, ८० लाख जरिवाना

-



     सफल आवाज    
     फागुन ३ गते २०८० मा प्रकाशित



काठमाडाैं, ३ फागुन । विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङ दोषी ठहर गरेको छ । 

विशेष अदालतले गुरुङलाई २ वर्ष कैद र रूपैयाँ ८० लाख जरिवानाको सजाय सुनाएको हाे । ललिता निवास जग्गा प्रकरणमा गुरुङले गुरूगैरकानूनी रूपमा लाभ लिएको ठहर गर्दै  सजाय सुनाइएकाे हाे ।

बिहीबार विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गुरुङलाई सजाय सुनाएको हाे ।