पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्याे

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ फागुन । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएकाे छ। निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर दुई रुपैयाँले बढाएको जनाएकाे हाे। निगमका अनुसार खाना पकाउन प्रयोग गरिने एलपी ग्यास र हवाई इन्धनको भाउमा परिवर्तन गरिएकाे छैन ।

आयल निगमले जारी गरेकाे नयाँ मूल्यसूची अनुसार पहिलो वर्गमा रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६९.५० कायम भएकाे छ । डिजेलको मूल्य १५७.५० रुपैयाँ रहेकाे छ ।

दोस्रो वर्गकम रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १७१ र डिजेलको मूल्य १५९ रुपैयाँ रहेकाे छ । यस्तै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको भाउ प्रतिलिटर १७२ र डिजेलको भाउ १६० रुपैयाँ कायम गरिएकाे निगमले जारी गरेकाे बिज्ञप्तीमा जनाइएकाे छ ।