दलले असल व्यवहार अनुसरण गर्नुपर्छ : सभामुख घिमिरे

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



गाईघाट (उदयपुर), ४ फागुन । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले राजनीतिक दल र तिनका नेताले राम्रो काम र व्यवहारको अनुसरण गर्नुपर्ने बताका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेमा प्रजातान्त्रिक योद्धा गम्भीरबहादुर थापाको सालिक अनावरण गर्दै सभामुख घिमिरेले उनले नेपालमा प्रजातन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरे बताए।

उदयपुरको माटोमा जन्मिएका थापा २००७ सालको प्रजातान्त्रिक योद्धाका साथै गान्धिवादी नेता भएको उनले उल्लेख गरे। विसं २००७ मा राणा शासनविरुद्ध लडेका थापाले प्रजातन्त्र स्थापनापछि स्वदेशमा उत्पादन गरिएको कपडा लगाउने भन्दै विराटनगर जुटमिलबाट उत्पादित लुगा मात्र लगाएको सभामुख घिमिरेले स्मरण गरे।

गम्भीरबहादुर थापा प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा सांसद् अमर रायमाझी, प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, प्रहरी प्रमुख रमेश थापासहित जिल्लाका विभिन्न राजनीतिक दलका नेतालगायतको उपस्थिति थियो ।

जिल्ला हुलाक कार्यालयका प्रमूख हरिप्रसाद खत्रीका अनुसार स्व थापाको फोटोसहितको रु १० को टिकट आजैदेखि प्रयोगमा आएको छ ।