सुनको भाउमा रु ६ सयले बृद्धि, चाँदीको पनि बढ्यो

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ फागुन । साताको सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ६ सय तथा चाँदीमा रुपैयाँ ३५ ले बृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ ।

यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ६ सयले बढेर तोलाको १ लाख १६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ ३५ ले बढेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।