हिम रिभर पावर र पियोर इनर्जी लिमिटेडले २९ कराेड बराबरकाे आइपीओ जारी गर्ने

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ फागुन । हिम रिभर पावर लिमिटेड र पियोर इनर्जी लिमिटेडले आइपीओ जारी गर्ने भएका छन् । आइपीओ जारी गर्नका लागि दुबै कम्पनीले नेपाल धितोपत्र बोर्डसँग निवेदन दिएकाे बताइएकाे छ ।

हिम रिभरले १०० रुपैयाँ अंकित दरमा १३ करोड ३० लाख रुपैयाँ बराबरकाे १३ लाख ३० हजार कित्ता आइपीओ जारी गर्न बोर्डसँग अनुमति मागेको छ ।

पियोर इनर्जीले १६ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा १६ लाख कित्ता आइपीओ जारी गर्न अनुमति मागेको छ ।हिमको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल छ भने पियरको नबिल इन्भेष्टमेन्ट बैंकिङ रहेको छ ।