बैंकका सबै बित्तीय सूचकहरू उत्कृष्ट छन : एनआईसी एशिया

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ फागुन । एनआईसी एशिया बैंक लिमिटेडले सबै बित्तीय परिसूचकहरू उत्कृष्ट रहेकाे जनाएकाे छ । बैकले चालु अर्थिक वर्षको पुस मसान्तसम्मको वित्तीय विवरण अनुरूप नै सबै सूचकहरू उत्कृष्ट रहेकाे बताएकाे हाे ।

बैंकका मुख्य सूचकांकहरू (सञ्चालन मुनाफा, खुद मुनाफा, प्रति शेयर आम्दानी, स्वःपूँजीमा प्रतिफल, निष्क्रिय कर्जा अनुपात लगायत) मा वाणिज्य बैंकहरूमध्ये सधैं उत्कृष्टमा पर्दै आएको छ। कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा बैंकको अवस्था अत्यन्त उत्कृष्ट रहेको बैंकका सूचना अधिकारी अर्जुन राज खनियाले बताएका छन ।

‘बैंक प्रत्येक आर्थिक वर्षको प्रत्येक त्रैमासमा कर्जा असुलीका समग्र परिसूचकहरूमा सर्वोत्कृष्ट मध्येमा पर्दै आएको बैकले विज्ञप्ति मार्फत उल्लेख गरेकाे छ ।

संस्थागत सुशासन, नियमनकारी व्यवस्थाहरूको परिपालना, ओभरल फाइनान्सियल इन्डिकेटर्समा बैंकको अवस्था, कर्जाको गुणस्तर तथा कर्जा असुलीको अवस्था, सञ्चालक समिति तथा बैंक व्यवस्थापनको कार्यकुशलता लगायत हरेक पक्षबाट हेर्दा बैंक ग्राहकको रोजाईमा पर्दै आएको बताइएको छ ।

बजारकाे हल्ला जस्ताे सञ्चालक समिति, उच्च व्यवस्थापन लगायत कुनै पनि तहमा कुनै पनि किसिमको असमझदारीको झिल्को समेत नरहेको र बैंकको सम्पूर्ण संरचना नै सदा झैं एकतावद्ध, दृढ, एवम् रुपान्तरणकारी हिसावले सबै सरोकारवालाहरूको हित संरक्षण र सम्बर्धन गर्न मन, वचन र कर्मले अहोरात्र बैककाे टिम खटिरहेको बैकले विज्ञप्ति मार्फत जानकारी दिएकाे छ ।

यस्ताे छ बैककाे बित्तीय परिसूचक: