भारतीय रिजर्भ बैंक र नेपाल राष्ट्र बैंकबीच क्रस बोर्डर भुक्तानी सम्झौता

-



     सफल आवाज    
     फागुन ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ फागुन। भारतको ‘युनिफाइड पेमेन्ट इन्टरफेस’ र नेपालको ‘नेसनल पेमेन्ट्स इन्टरफेस’ बीच द्विपक्षीय नियामकीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको छ ।

भारतको नयाँ दिल्लीमा नेपाल राष्ट्र बैंक र भारतीय रिजर्भ बैंक (आरबीआई)बीच क्रस बोर्डर भुक्तानी नियमन सम्बन्धी सम्झौता भएको हाे ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र भारतीय आरबीआईका गभर्नर शक्तिकान्त दासले सम्झौता पत्रमा हस्ताक्षर गरेकाे जनाइएकाे छ ।

गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ काे भारत भ्रमणका क्रममा क्रस बोडर पेमेन्ट गर्ने सहमति भएकाे थियो ।