
काठमाडौं, ५ फागुन । नेपाल आँखा अस्पतालको उन्नाइसौँ साधारणसभाले डा. गोपालप्रसाद पोखरेलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
चारवर्षे कार्यकालका लागि अस्पतालको भएको साधारणभाले कार्य समिति अध्यक्षमा डा. पोखरेललाई चयन गरको हो । चयन भएका सदस्यहरूमध्येबाटै अन्य पदाधिकारी चुनिने छ ।
नव गठिन कार्य समिति सदस्यमा कृपाशुर शेर्पा, राजाराम श्रेष्ठ, अनिलप्रसाद गोर्खाली, मेघराज गजुरेल, डा. दिपबहादुर कार्की, युद्धध्वज सापकोटा, नारायणप्रसाद न्यौपाने, प्राडा कान्ता पौडेल, भोजविक्रम थापा र किरण थापा निर्वाचित भए । उनीहरु सवै अस्पतालका आजिवन सदस्य हुन्।
नेपालका पुराना नेत्र रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेल संरक्षक रहेको उक्त अस्पतालमा हाल एक सय २४ आजीवन सदस्य र एक सय ३६ जना कर्मचारी छन् । उच्च अदालतका पूर्व न्यायाधीश एवंं निर्वाचन अधिकृत साधुराम सापकोटाले विजयी अध्यक्ष र सदस्यहरुलाई आजै प्रमाणपत्र प्रमाणपत्र प्रदान गरे।
नतिजा सार्वजनिक भएसगै अध्यक्ष डा पोखरेलले अस्पतालको स्तरोन्नतिका लागि प्रण गर्दै सवै पक्षलाई विश्वासमा लिएर काम गर्ने प्रतिबद्धता जनाए।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




