आज अमेरिकी डलर र यूराेसहित अन्यकाे भाउ स्थिर

-



     सफल आवाज    
     फागुन ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ फागुन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको भाउ स्थिर रहेकाे छ । यूरोसहित अन्य देशहरुको मुद्राको भाउ पनि स्थिर रहेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३२ रुपैयाँ ५३ पैसा र बिक्रिदर १ सय ३३ रुपैयाँ १३ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४२ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ४३ रुपैयाँ ४२ पैसा रहेको छ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ६६ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ६७ रुपैयाँ ६४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५० रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ १० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ९ २ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ ।

आजको मूल्यसूचीः