एसियन लाइफ र हिमालयन रि इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

-



     सफल आवाज    
     फागुन ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ फागुन । एसियन लाइफ र हिमालयन रि इन्स्याेरेन्सको लाभांश सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेकाे छ । हिमालयन रि इन्स्याेरेन्सले साधारण सभा प्रयोजनको लागि सोमबार बुक क्लोज गर्ने जानकारी दिएकाे छ । उता एसियन लाइफ इन्स्याेरेन्सले फागुन ८ गते बुक क्लोज गर्ने भएकाे छ ।

फागुन ७ गते प्रजातन्त्र दिवस परेकाे र साे दिन बिदा भएकाे कारण सेयर काराेबार हुने छैन । त्यसैले लगानीकर्ताले दुबै कम्पनीकाे लाभांश पाउनका लागि आजै सेयरकाे काराेबार गरेर कायम भएकाे हुनुपर्नेछ ।

हिमालयनले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ४ प्रतिशत बोनस सेयर र त्यसकाे कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांशसहित गरी कुल ४.२१ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ ।

कम्पनीले प्रस्तावित लाभांश पारित गर्नका लागि फागुन २० गते साधारण सभा डाकेकाे छ । साे सभा, राष्ट्रिय सभा गृह प्रदर्शनीमार्ग काठमाडौंमा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।

एसियन लाइफकाे साधारण सभा फागुन १८ गते बाेलाइएकाे छ । कम्पनीले गत वर्षको नाफाबाट ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगदसहित ८.१६ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । सभा होटल क्लासिक सिमरामा पूर्वान्ह ११ बजे डाकिएकाे छ ।