आईतबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     फागुन ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ फागुन । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली सुनचाँदी बजारमा सुनचाँदीको भाउ बढेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीमा रुपैयाँ २० ले भाउ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ५ सयले बढेर तोलाको १ लाख १७ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।