नेप्सेमा २७.२१ अंकको गिरावट, पौने चार अर्बको कारोबार

- हिमालयन रिइन्स्योरेन्सकाे काराेबार अब्बल

-



     सफल आवाज    
     फागुन ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ फागुन साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा नकारात्मक माहोल देखिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.२१ अंकले घटेको छ । यसरी घटेको नेप्से २०३४.८२ विन्दुमा झरेको छ । नेप्सेमा १.३१ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.३५ अंकले घटेर ३६५.२० विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये सबै राताम्मै भएका छन् । यसदिन कुल ३१५ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ । उनीहरुको १ करोड ७ लाख ७२ हजार ४८३ कित्ता सेयरको खरिदबिक्रीबाट ३ अर्ब ७७ करोड ५४ लाख २२ हजार १९६ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ४० करोड ९० लाख २५२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।सबैभन्दा धेरै साम्लिङ पावर कम्पनी लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ८.२१ प्रतिशतले घटेको छ ।