आज सार्वजनिक बिदा, सेयर बजार, बैंक-वित्तीय संस्था बन्द हुने

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ फागुन । आज सोमबार सेयर बजारकाे काराेबार नहुने भएकाे छ । आज फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको कारण काराेबार नहुने भएकाे हाे ।

आज सेयर बजारका साथसाथै बैंक तथा वित्तीय संस्थाहरू, सरकारी कार्यालयहरू पनि बन्द रहने भएका छन्। बिदाकाे कारण बन्द भएकाे अर्थ बजार मंगलबार खुल्नेछ ।

आइतबार नेप्से परिसूचक २७.२१ अंकले घटेर २०३४.९२ विन्दुमा राेकिएकाे थियाे ।