हिमालयन रि र एशियन लाइफकाे सेयररमूल्य समायोजन

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



काठमाडाैं, ७ फागुन । हिमालयन रि इन्स्योरेन्स र एशियन लाइफ इन्स्योरेन्सको शेयरमूल्य नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन गरिएकाे छ।

दुबै कम्पनीहरूले साधारण सभा तथा लाभांश वितरणकाे प्रयोजनका लागि बुकक्लाेज गरेका छन् । हिमालयन रि इन्स्योरेन्सले आज बुकक्लोज गरेको छ । एशियनले लाइफले मंगलबार बुकक्लोज गर्ने जनाएकाे छ।

आज प्रजातन्त्र दिवसको सार्वजनिक बिदा परेकाे कारण सेयर काराेबार हुँदैन । यसैकाे कारणा नेप्सेले एशियन लाइफको शेयरमूल्यलाइ पनि आजै समायोजन गरेको जनाएकाे छ ।

हिमालयन रि इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन गरिएकाे छ । यस्तै एशियन लाइफको ७.७५ प्रतिशत बोनस समायोजन भएकाे छ ।

समायोज गरेपछि हिमालयन रि को शेयरमूल्य ६२० रुपैयाँ २९ पैसा कायम भएकाे छ । एशियन लाइफको ६१६ रुपैयाँ ८० पैसा कायम भएको नेप्सेले जनाएकाे छ।

नेप्सेले अघिल्लो कारोबार भएकाे अन्तिम मूल्यका आधारमा दबै कम्पनीहरुको शेयरमूल्य समायोजन गरेको जनाएकाे छ ।आइतबार हिमालयन रि इन्स्योरेन्सको शेयर प्रतिकित्ता ६४५ रुपैयाँ १० पैसा र एशियन लाइफको ६६४ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको थियो।

यसैबीच हिमालयन रि ले फागुन २० गते राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौँमा तेस्रो साधारण सभा डाकेकाे छ। उक्त सभा पूर्वान्ह ११ बजे डाकिएकाे छ।

सभाबाट ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्ताबहरू पारित हुनेछ ।

एशियन लाइफ इन्स्योरेन्सले फागुन १८ गते, होटल क्लासिक सिमरामा १६ औँ साधारण सभा बाेलाएकाे छ। सभा पूर्वान्ह साढे ११ बजे बाेलाइएकाे छ ।

सभाबाट ७.७५ प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनका लागि ०.४०७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव लगायतका प्रस्ताबहरू पारित गरिनेछ ।