नेपाल पुनर्बिमा कम्पनीमा सीइओकाे लागि आवेदन माग

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ फागुन । नेपाल पुनर्बिमा कम्पनीकाे प्रमुख कार्यकारी अधिकृत (सीइओ) पदका लागि आवेदन माग गरिएकाे छ । कम्पनीले आज साेमबार सूचना प्रकाशन गरेर २१ दिन भित्रमा आवेदन दिन सकिने जनाइएकाे छ ।

साे पदमा आवेदन दिन चाहने आवेदकले ताेकिएकाे अवधिभित्र कम्पनीको कार्यालय थापाथलीमा गोप्य शिलबन्दी आवेदन दिनुपर्नेछ । 

कम्पनीका अनुसार दरखास्त दिदा आवश्यक शैक्षिक योग्यताकाे प्रमाण पत्र, पाएकाे अनुभव, नेपाली नागरिकताको प्रमाण पत्र र उपर्युक्त कार्यविधिको दफा ६ मा रहेकाे प्रावधान अनुसारकाे व्यावसायिक कार्ययोजना पाँच हजार शब्दमा नबढाइ शिलबन्दी रूपमा आवेदन दिन सूचनामा लेखिएकाे छ ।  

आवेदकदे आपफुले दिने निवेदनकाे साथमा पुनर्बिमा कम्पनीको नाममा रहेको राष्ट्रि वाणिज्य बैंकको खातामा रूपैयाँ ५ हजार जम्मा गरेको सक्कल बैंक भौचर पेश गर्नुपर्ने जनाइएकाे छ ।