प्रभु बैंकले ल्यायाे फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

-



     सफल आवाज    
     फागुन ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ फागुन । प्रभु बैंकले आजदेखि १ लाख २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएकाे छ ।

बैंकले आफ्नाे स्वामित्वमा रहेकाे फर्स्ट माइक्रोफाइनान्सको १ लाख २० हजार कित्ता संस्थापक सेयरकाे बिक्री खुल्ला गरेकाे हाे ।

साे संस्थापक सेयरमा फर्स्ट माइक्रोफाइनान्सकै संस्थापक सेयरधनीहरूले मात्र खरिदका लागि आवेदन दिन पाउनेछन् । साे सेयर खरिद गर्न चाहने इच्छुक संस्थापकहरूले फागुन ७ गते देखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । साे मिति चैत ११ गतेसम्म ताेकिएकाे छ । 

आवेदकले घटीमा ३१५ रुपैयाँ वा त्याे भन्दा बढी मूल्य बाेलकबोल गरेर गोप्य शिलबन्दी बोलपत्र दिनपर्नेछ । सेयर खरिद गर्नका लागि फर्स्ट माइक्रोफाइनान्सको केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौंमा निवेदन पेश गर्न सकिनेछ ।

बैंकले ताेकिएकाे मितिसम्म आवेदन नपरेकाे खण्डमा सर्वसाधारण लगानीकका लागि साे सेयर बिक्रीमा ल्याउने जनाएकाे छ ।