
काठमाडाैं, ८ फागुन । कृषि विकास बैंकले फागुन ३० गते १७ औं वर्षिक साधारण सभा बाेलाएकाे छ। बैंकका अनुसार सभा केन्द्रीय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा डाकिएकाे छ । साधारण सभा पूर्वान्ह ११ बजेदेखि सुरु हुने बताइएकाे छ।
बैंकले सभाबाट गएकाे आर्थिक वर्षको प्रतिवेदन, नाफा-नोक्सान हिसाब, नगद प्रवाह तथा वित्तीय विवरण लगायतका विषयहरूमा छलफल गरि पारित गर्नेछ ।
यस्तै इक्विटीकाे परिवर्तन, नगद प्रवाहलगायतका एजेण्डाहरूमाथि छलफल गरी अनुमाेदन गरिने भएकाे छ । साथै बैंकको सहायक कम्पनीहरु कोष व्यवस्थापन कम्पनी र गाेबर ग्यास कम्पनीको गएकाे वर्षकाे वित्तीय विवरण लतथा एकीकृत वित्तीय विवरण हरूस्वीकृत गरिने भएकाे छ।
साधारणा सभाकाे प्रयोजनका लागि बैंकले यही फागुन १७ गतेदेखि फागुन ३० गतेसम्म बुक क्लोज गर्ने जानकारी गराएकाे छ । यसका लागि सेयरधनीहरूले फागुन १५ गतेसम्म नेप्सेमा सेयर काराेबार गरी कायम भएकाे हुनुपर्नेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




